राइनो संरक्षण गोल्डकप शुुरु

Gold cup

नवलपरासी । मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हुँदैछ ।

नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो ।

आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म हुनेछ ।

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले ५ लाख २५ हजार ५५५ र द्वितीय हुनेले २ लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् ।

खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताबाट देश विदेशमा गैँडा संरक्षणको सन्देश दिन लागिएको र प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...