नगर कपको उपाधि युनाइटेडलाई  

Nagar cp

 

त्रिशूली । प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबल क्लब जित्न सफल भएको छ ।

कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो ।

विजेता नुवाकोट युनाइटेडका विकेश लामा दुई गोल गरी आफ्नो क्लबलाई विजेता बनाउन सफल भए । विदुरका लागि आकाश राना मगरले एक गोल गरेका थिए ।

उपाधिका साथमा नुवाकोट युनाइटेड फुटबल क्लबले ३० हजार, शिल्ड र पदक तथा उपविजेता विदुर युथ सिटी क्लबले रु १५ हजार, शिल्ड र पदक पाएका छन् ।

गत असोज ३१ गतेदेखि सञ्चालित सो प्रतियोगितामा नुवाकोटका १० फुटबल क्लबको सहभागिता थियो ।

विजेता नुवाकोट युनाइटेडका अनिल प्याकुरेल, उत्कृष्ट गोलरक्षक तथा आयोजक कोलोनी युथ सर्कलका विकास थापा उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सफल भए ।

विजेतालाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकास र विस्तार गरी विदुर नगर मात्र नभई नुवाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस