मृतकको परिवारलाई दुई लाख सहयोग

पाल्पा । पाल्पाली समाज युएईले युएईमा ज्यान गुमाएका पाल्पा माथागढी गाउपालिका–४, झडेवाका २१ वर्षीय गंगा सारु मगरको परिवारलाई दुई लाख ३५ हजार नौ सय रुपैयाँ सहयोग प्रदान गरेकोछ ।

पाल्पाली समाज युएईले मृतकको श्रीमती दुनिसा सारु मगरलाई दुई लाखको चेक र क्रिरिया खर्चका लागि थप ३५ हजार नौ सय नगद हस्तान्तरण गरेको समाजका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिएका छन् ।

गत असार ३० गते गंगा सारु मगर सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनका श्रीमती, तीन महिनाको काखे छोरा र तीन वर्षको अर्का एक छोरा छन् । युएइमा रहेका पाल्पालीले आर्थिक संकलन गरी सो सहयोग गरेको समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...