धनकुटाका गोलाई नजिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते (नामावलीसहित)

Buss dkt accident

धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । धनकुटा नगरपालिका -६ गोलाइ नजिकै बस दुर्घटना हुँदा धनकुटा नगरपालिका ६ बस्ने ७३ वर्षीय कृष्ण कुमार राई भुजेलको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी भोजपुर षडानन्द नगरपालिका १३ का २० वर्षीय को सुर्यमणी तामाङ, सोही ठाउँका ११ वर्षीय अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका २ का ४८ वर्षीय कृष्ण राउत, बस चालक धरान १३ बस्ने ५१ वर्षीय रुद्र तामाङ, भोजपुर पौवादुम्बा ३ च्याङ्रे बस्ने ८० वर्षीय गंगा प्रसाद सापकोटा घाइते भएका छन् ।

त्यसैगरी भोजपुर भोजपुर नगरपालिका ११ बस्ने २४ वर्षीय सविना बराईली, सोही ठाउँका ६० वर्षीय देवी विक, धनकुटाको साँगुरीगढी ६ बस्ने ६० वर्षीय हंश वहादुर राई, भोजपुर षडानन्द ११ बस्ने ५१ वर्षीय पुर्ण माया तामाङ, इटहरी ४ बस्ने १७ वर्षीय आयुष राई, धनकुट नगरपालिका ६ बस्ने ३४ वर्षीय धन कुमार विक, भोजपुर नपा ११ बस्ने ५८ वर्षीय लिला बहादुर श्रेष्ठ, धनकुटा नगरपालिका ६ बस्ने ७३ वर्षीय कृष्ण कुमारी भुजेल र धनकुटा साँगुरीगढी ६ बस्ने ६० वर्षीय दिर्घ माया राई घाइते भएका छन् ।

बसमा कति जना यात्रु थिए भन्ने खुल्न बाँकी छ । गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...