धनकुटामा बस दुर्घटना अपडेट : चालकको मृत्युसँगै मृतकको संख्या ३ पुग्यो

Buss dkt accident

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हिजो बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ जिरोप्वाइन्ट नजिकैको गोलाईमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भोजपुरको षडानन्द नगरपालिका वडा नं. ११ का लिलाबहादुर श्रेष्ठको उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको छ । योसँगै सो बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सो दुर्घटनामा परी धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । बस चालक ५१ वर्षीय रुद्र तामाङको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा हिजो राती ८ बजेर ३४ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

धरानबाट भोजपुर जाँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा परी १४ जना घाइते भएका थिए । सो दुर्घटनामा परी घाइते भएकामध्ये बाँकी ९ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...