धनकुटामा बस दुर्घटना अपडेट : चालकको मृत्युसँगै मृतकको संख्या २ पुग्यो

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिकैको गोलाईमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
आज बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बस चालक सुनसरीको धरान १३ का ५१ वर्षीय रुद्र तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।
सो दुर्घटनामा परी धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको थियो । बस चालक तामाङको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा अहिले ८ बजेर ३४ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा परी १४ जना घाइते भएका थिए । सो दुर्घटनामा परी घाइते भएकामध्ये अब १० जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस