बजार सरसफाई गरे हिलेबासीले

Hile safai

धनकुटा । हिले बजार त्यसै पनि सफा र सुन्दर छ । त्यसमा पनि पर्यटन दिवसको अवसरमा बजार सरसफाई गरिँदा झनै चिरिच्याट्ट भएको छ ।

हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाले आयोजना गरेको हिले बजार सरसफाई अभियानमा हिलेबासीको उत्साहपूर्ण सहभागिता थियो । बिहान ७ बजे हिले पुच्छर तोङ्वा चोकदेखि थालिएको सरसफाई अभियान झण्डै १० बजेसम्म चलेको थियो ।

स्थानीयसहितको सरसफाई अभियानमा माईक्रो स्टेन, हिले सिरान, रत्न षडेश्वर शिवालय मन्दिर, न्यू रोडसहित बजार क्षेत्रको सम्पूर्ण भू–भागको सरसफाई गरिएको थियो ।

यहाँ घुम्न आउने पर्यटकहरुलाई लक्षित गर्दै र नेपालकै सफा शहर घोषित धनकुटा बजारलाई सधैं सफा राख्ने कार्यलाई निरन्तरता दिन सहयोग पु¥याउने लक्ष्यका साथ सरसफाई गरिएको हिले पर्यटन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्रकुमार विष्टले बताए ।

सरसफाई कार्यमा सडक किनारमा अव्यवस्थित रुपमा फालिएका फोहर टिप्ने पसल, बस एवम् माईक्रो स्टेन वरिपरी फ्यालिएका फोहोर संकलन गर्ने र घर अगाडी सडक छेऊ राखिएका अनावश्यक बस्तुहरु हटाउन लगाइएको थियो । धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरन तामाङले यसरी सधैं बजार सफा राख्न सके पर्याप्त बाह्य र आन्तरिक पर्यटक भित्र्याउन सकिने बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...