उर्जामन्त्री शाही भन्छन्, ट्रान्समिटर किन पड्किन्छ ?’

Mahendra shahi

काठमाडौं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणभित्र चरम कमिसनको खेल हुने गरेको बताएका छन् ।

मन्त्री शाहीले कमिसनकै खेलका कारण नेपालमा ठूलठूला परियोजनाहरु सञ्चालन हुन नसकेको टिप्पणीसमेत गरेका छन् । उनले प्राधिकरणका कर्मचारीहरुको भुँडी कमिसनकै कारण लागेको पनि बताएका छन् । ‘कर्मचारीको भुँढी घटाउन हरेक काम अनलाईन सिस्टम अनिवार्य छ’ उनले भने, ‘यहाँ त सबैतिर कमिसनको खेल छ, होईन भने ट्रान्समिटर किन पड्किन्छ त ?’

बुधबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री शाहीले भने, ‘सही काम गर्ने र कमिसनमा नलाग्ने हो भने अहिलेको जसरी ट्रान्समिटर पड्किनेवाला छैन ।’ उनले आफुले उर्जामन्त्रालय सम्हालेदेखि नै कमिसनको खेल बन्द गराउन खोज्दा आफैंलाई समस्यामा पार्न खोजिएको गुनासो पनि गरे ।

उनले जलविद्युत परियोजनाहरु होल्ड गरेर राख्ने र पटक–पटक म्याद थपेर बस्ने कम्पनीहरुको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको स्पष्ट पारे । उनले आफ्नो चीन भ्रमणका बेला चीन सरकारले पश्चिम सेती परियोजना निर्माण गर्न सहयोग मागिएको र नेपालको आन्तरिक कारणले ढिलाई भए त्यसलाई सच्याउनको लागि आफूहरु तयार रहेको चिनियाँ पक्षलाई आश्वस्त पारेको स्मरण गराए ।

उनले आफू जहिल्यै पनि राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने व्यक्ति भएको स्पष्ट पारे । उनले भने, ‘देश र जनतालाई के गर्दा फाईदा हुन्छ, हो म त्यही गर्छु, मलाई अरु कुराको मतलव छैन ।’

कानुन माफियाले बनाए
सो कार्यक्रममा उर्जामन्त्री शाहीले नेपालमा ऐन तथा कानुनका ड्राफ्ट माफियाहरुले बनाउने गरेको आरोप लगाए ।

उनले भने, ‘शिक्षासम्बन्धी विद्येयक ल्याउँदा पनि यसको ड्राफ्ट माफियाले बनाउने, अनि स्वास्थ्यसम्बन्धी ऐन बनाउँदा पनि माफियाँकै हातमा पुग्दो रहेछ । अनि कहाँबाट देश बन्छ त ?’ उनले सबैमा माफियाहरु हाबी भइरहेसम्म नेपालको विकास ुन नसक्ने टिप्पणी पनि गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...