लागुऔषधसहित पक्राउ

Nitravet10

ललितपुर । ललितपुर महानगरपालिका–८ बालकुमारीबाट लागुऔषधसहित एक युवालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कलंकी बस्ने धनुषा जिल्लाको मिथिला नगरपालिका–८ का २२ वर्षीया ओमराज मगर रहेका छन् ।

सवारी जाँच गर्ने क्रममा बा ७७ प ५५५६ नम्बरको मोटरसाइकलमा सवार उनलाई पाँच हजार ९७० थान लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने पक्राउ

त्यस्तै गोदावरी–३ स्थित गोदावरी बसपार्कमा चेकिङ्ग गर्ने क्रममा चोरीका मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं काँडाघारी बस्ने ओखलढुङ्गाको चिसङ्गखगडीमाई–८ का १८ वर्षीय सरोजकुमार दाहाल, ललितपुर इमाडोल बस्ने सप्तरीको राजविराज नगरपालिका–३ का १८ वर्षीय अल्ताप अरुवर र काठमाडौं सिनामंगल बस्ने धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–७ का १८ वर्षीय अमित मण्डल छन् ।

उनीहरुलाई बा ८० प ३८३५, बा७९ प २५९९ र बा८० प ८५६७ नम्बरका चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...