पत्रकार महासंघ शुद्धिकरण अभियान सञ्चालन गर्छौ : अध्यक्ष आचार्य

Fnj kapilbastu 1

कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले महासंघले पत्रकार शुद्धिकरण अभियान सञ्चालन गर्ने बताएका छन् । उनले असल पत्रकारलाई जगेर्ना गर्न र जनमुखी पत्रकार जोगाउन पनि शुद्धिकरण अभियान सञ्चालन गर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आचार्यको सम्मानमा कपिलवस्तुमा आयोजना गरेको स्वागत तथा शुभकामना आदाप्रदान कार्यक्रममा आचार्यले बुद्धिजिवी, नागरिक समाज लगायतका मानिसहरुको सहभागितामा सार्बजनिक सुनुवाई गरेर पत्रकार हो यो होइन भन्ने कुराको टुंगो लगाउनेसमेत बताए ।

उनले क्रियाशील नभएका पत्रकारहरुलाई सम्मानका साथ विदाई गरिने र क्रियाशील छुटेका पत्रकारहरुलाई महासंघमा ल्याउनेसमेत बताए । उनले महासंघले कसैलाई पाखा र कसैलाई काखी च्याप्ने काम नगर्नेसमेत प्रष्ट पारे ।

कपिलबस्तुको तौलिहवामा गरिएको विजया दशमी, मोर्हरम, शुभ दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सीमा सुरक्षा बल कपिलवस्तुका प्रमुख भगवान मल्ल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका पत्रकारहरु उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...