दशैं मनाउन उपत्यकाबाट बाहिरिए १२ लाख

Yatri 10

काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान चाड दशैं नजिकिँदै गर्दा दशैं मान्न घर जानेहरुको लर्काे नै लागेको छ । खासगरी काठमाडौं उपत्यकाभित्रबाट बाहिरिनेको ताँती नै लागेको छ ।

बुधबारसम्म काठमाडौं उपत्यकाबाट झण्डै १२ लाख मानिस बाहिरिसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अनुसार दशैं मान्न जानेको चाप पनि उत्तिकै बढेको छ ।

राजधानीबाट बाहिरिनेको संख्या बढेसँगै काठमाडौंबाट बाहिरिने नाकामा जाम बढेको छ ।

‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु भइसकेको छ ।

महासंघले दशैंमा घर जान मंगलबारदेखि विहीबारसम्म ६ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिदैछन् । १०, ११ र १२ गतेसम्म राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुने महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...