दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने

Bus 8

काठमाडौँ । नेपालीको महान चाड बडा दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ ।

यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म दशैं १६ हजार १ सय ५२ जना बाहिरिसकेका छन् ।

घटस्थापनाका दिन १३ हजार ३ सय ४९ सवारी साधनमा ९७ हजार ३ सय ४०, दोस्रो दिन १३ हजार ३ सय २१ सवारी साधनमा १ लाख ७ हजार ७८ र तेस्रो दिन १४ हजार ४ सय १९ सवारी साधनमा १ लाख ११ हजार ७ सय ३४ यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए । ‘बाटोको दुरावस्था र वर्षाका कारण यो वर्ष नयाँ सवारीसाधन नथपे पनि हामीले यात्रुलाई सेवा दिन पछाडि परेका छैनौँ ।’

यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र ५/६ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...