प्राधिकरणमा आगलागी

Agolagi

बैतडी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।

एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए। विद्युत चुहिएर आगलागी भएको बताइएको छ ।

तेत्तीस केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने यन्त्र आगलागीका कारण नष्ट भएको हो । उनले भने‘ फिडरमा आगलागी भएसँगै नेपालबाट प्रसारण हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।’

अहिले भारतबाट आउने विद्युत् प्रसारण भइरहेको र भारतबाट आयातीत विद्युत्ले भार धान्न नसक्ने भएकाले साँझमा विद्युत्भार कटौती हुने जानकारी जोशीले दिए ।

साँझ ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म विद्युत्भार कटौती हुने बताइएको छ । बिग्रेको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउने र बनाउन ५ ६ दिन लाग्नसक्ने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...