गहना चोरीको अभियोगमा पक्राउ  

Parkau 1

 

बुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोल बस्ने गीतादेवी विकको घरभित्र पसेर स्टिल दराज तोडी चोरी गरेको अभियोगमा रुपन्देही, सिद्धार्थनगर नगरपालिका– ६ बस्ने २२ वर्षीय सुमिन सिंहलाई चोरीका गरगहना र नगदसहित सिद्धार्थनगर– ६ भैयाटोलबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।

अभियुक्तका साथबाट प्रहरीले दुई थान छिनेको पोतेसहितको सुनको जन्तर, एक थान छिनेको पोतेसहितको सुनको मंगलसूत्र, एक थान सुनको चन्द्रमा थान, दुई थान पत्थरसहितको सुनको औठी, एक एक जोर सुनको झुम्का र मुन्द्रा तथा एक जोर सुनको टपसहित १३ हजारसमेत बरामद भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...