दशैंका लागि बिक्री गर्न नेपाल भित्रिए चिनियाँ सेता च्यांग्रा

537042559img 4260

जोमसोममा । दसैंका लागि व्यापारीले पोखरामा चिनियाँ सेता च्यांग्रा ल्याएका छन् । उनीहरूले च्यांग्रालाई दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुँदै पोखरा भित्र्याएका हुन् ।

चिनियाँले ऊन उत्पादनका लागि सेता रङका च्यांग्रा पाल्ने गर्छन् । यिनै सेता च्यांग्रा मासुका लागि व्यापारीले नेपाली बजारमा ल्याएका हुन् ।

सेतो रङको ऊन विश्व बजारमा माग भएको मध्येमा पर्छ । चिनियाँले सेता भेडा च्यांग्रा उत्पादन गरेर ऊन विभिन्न मुलुकमा निर्यात गर्दै आएका छन् ।

अधिकांश भेडा सेता हुन्छन् । तर, च्यांग्रा काला हुने भएकाले सेता रङका च्यांग्राको उत्पादनमा प्रोत्साहन गर्न चीन सरकारले आफ्ना किसानलाई अनुदान र सुविधा दिएको छ ।

नेपालतर्फ जोडिएका चिनियाँ कृषकहरूले सेता च्यांग्रा उत्पादनमा ठूलो लगानी गरेका छन् ।

यी सेता च्यांग्रा मुस्ताङ, मनाङ, मुगु, डोल्पा, दार्चुलालगायत नजिकका चिनियाँ गाउँहरूमा पालिँदै आएका छन् । दसैंको मौका छोपी नेपाली बजारमा मासुका लागि यिनै च्यांग्रा लुकिछिपी भित्र्याउने गरिएको छ ।

व्यापारीहरू भने यहाँ ल्याइएका च्यांग्रा स्थानीय उत्पादन नै भएको दाबी गर्छन् । मुस्ताङको च्यांग्रा भनेपछि ग्राहक हुरुक्कै हुने भएकाले यही रुटको प्रयोग गर्ने चलन पुरानो हो ।

यहाँबाट झारिएका च्यांग्राको ठूलो बजार पोखरा हो । व्यापारीले मुस्ताङकै च्यांग्रा भन्दै ग्राहकलाई ढाँट्ने गरेका छन् । डोल्पाली व्यापारी आङ्गेलु गुरुङले भने, ‘डोल्पालीले पालेका लोकल च्यांग्रा किनेर बेच्न ल्याएका हौं ।’

कोही कोहीले तिब्बतबाट ल्याउने गरे पनि आफूले ल्याएको च्यांग्रा स्थानीय भएको उनले दाबी गरे । अघिल्ला वर्षमा च्यांग्रा खरिद गर्न पोखराबाट धेरै व्यापारीहरू आउँथे ।

यसपटक मुस्किलले २५ प्रतिशत बाहिरी व्यापारीहरू आएका जिल्ला पशु कार्यालय मुस्ताङले जनाएको छ । अधिकांश व्यापारीहरू मुस्ताङ, मुगु, डोल्पा र दार्चुलाकै छन् ।

पशु कार्यालयका अनुसार १० प्रतिशत भेडा–च्यांग्रा मात्र मुस्ताङको उत्पादन भएको र अन्य सबै डोल्पाबाट भित्रिएका हुन् । डोल्पाबाट भित्रिएका च्यांग्रा चीनको तिब्बतबाट सिमानाका व्यापारीले मुस्ताङको रुट हुँदै पोखरा पुर्‍याएका हुन् ।

क्वारेन्टाइन चेक जाँच गरी मुस्ताङको रुट भएर पोखराको बजारमा पुगेका भेडा–च्यांग्राको संख्या १९ हजार ६ वटा रहेको पशु कार्यालयले जनाएको छ । तर, यसको दोब्बर संख्यामा भेडा–च्यांग्रा चेक जाँच नगरीकनै बजारमा पुर्‍याइएको अनुमान छ ।

‘यहाँ ल्याइएका पशु चौपायाको स्वास्थ्य परीक्षण गरी पठाउने हाम्रो काम हो,’ वरिष्ठ पशु चिकित्सक शिवलाल भुसालले भने ।

कृषि कार्यालयको विवरणअनुसार हाल मुस्ताङ ६५ हजार ९ सय च्यांग्रा कृषकले पालेका छन् । यसपटकको दसैंमा ९० प्रतिशत भेडा–च्यांग्रा तिब्बतबाट डोल्पा हुँदै मुस्ताङ ल्याएर पोखराको बजारमा लगिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...