उदयपुरमा हात्तीको चोरीशिकार

Images 22

उदयपुर । जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ ।

तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा फेला पारिएको हो ।

जिल्ला वन कार्यालयका सूचना अधिकृत लालबाबु यादवकाअनुसार मृत वयस्क भाले हात्ती कोशी टप्पु क्षेत्रको जंगलको भएको र पेशेवार शिकारीका गिरोहले हात्तीलाई खाने कुरामा विष हालेर दिएपछि बेहोस हुँदै सिसौलीको जंगलमा आएर मरेको अवस्थामा फेला पारिएको थियो ।

मृत्यु भएको हात्तीको दाँत र पुच्छरसमेत आधुनिक मेसिन प्रयोग गरेर काटेर लगेका कारण हात्तीलाई पेशेवार सिकारीको गिरोहले मारेको जिल्ला वन कार्यालयसहित क्षेत्रीय वन कार्यालयका पदाधिकारीले अनुसन्धानमा फेला पारेको सूचना अधिकृत यादवले बताए ।

हात्ती विष सेवनका कारण छटपट्टिदै कोशी टप्पु क्षेत्रबाट तीन किलोमिटरभित्र सिसौलीको जंगलमा आएर ढलेको अनुमान सो टोलीको थियो ।

करिब २५ वर्ष जति पुगेको उक्त भाले हात्तीको दुबै दाँत मेसिन प्रयोग गरेर काटिएको अवस्थामा फेला पारिएको थियो ।

दुबै दाँतको मूल्य दश लाखसम्म पर्ने पनि सूचना अधिकृत यादवले बताए ।सिसौली वन क्षेत्रको छेउमा सशस्त्र प्रहरीको बेसक्याम्प छ भने दक्षिण पूर्वतर्फ स्थानीयवासीको बसोवास रहेको क्षेत्रमा पनि यस्ता घटनाले चोरीशिकारी गाउँ/गाउँमा नै प्रवेश गर्न थालेको स्थानीय बुद्धराज भुजेल र भविन्द्र राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...