ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठको मर्मत

Vaktapur

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ ।

नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधारअन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण, खँचा पोखरी मर्मत तथा सरसफाइ गरिएको छ ।

नगरपालिकाले बगैंचा निर्माणमा ९ लाख ७८ हजार ९ सय २२, खँचा पोखरी मर्मत तथा सरसफाइमा १ लाख १८ हजार १ सय ३० र महेश्वरीमा पानी निकास व्यवस्थापनमा ५० हजार ३ सय ९ खर्च भएको महेश्वरी ध्वाका मर्मत तथा ढुंगेधारा निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिले जानकारी दिए ।

सम्पदा संरक्षण निर्माण तथा मर्मतमा चासो दिँदै आएको नगरपालिकाले हराउँदै गएका सम्पदाको संरक्षणलाई तीव्रता दिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

प्रतिकृया दिनुहोस