भाषा संस्कृति नभए पहिचान गुम्छ : प्रधानमन्त्री देउवा

Deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन् । 

नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्क्स्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको स्वागत समारोहमा उनले विभिन्न अवसरका लागि विदेशमा गएका नेपाली नागरिकले आफ्नो भाषा संस्कृति जोगाउन सकेमात्र आफ्नो पहिचान रहने बताएका हन् ।

प्रधानमन्त्री देउवाले विदेशमा दुःख गरेर नेपाली नागरिकले मुलुकमा पठाएको आम्दानीले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै भने,“नेपालमा लगानी र विकासका अथाह सम्भावना छन् लगानी गर्नुस् सरकार लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार छ ।”

नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपालको नीति लगानीमैत्री भएको अवगत गराउनुभयो । उनले मुलुकमा संविधानसभाबाट संविधान जारी हुनाका साथै संविधानले सबै वर्ग, क्षेत्र र लिङ्गका मौलिक अधिकार सुनिश्चित गरेको चर्चा गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपमरुपमा सफलतामा पुगेको बताउँदै विदेशमा रहेका नेपालीलाई आर्जन गरेको साधन, स्रोत र सीप लगानी मुलुकका निम्ति खर्चिन आग्रह गरे । उनले संविधानअनुसारका तीनै तहका निर्वाचन सम्पन्नपछि मुलुक अब समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महावाणिज्यदूत मधुकुमार मरासिनीले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अन्य दुई तहमा निर्वाचन सम्पन्नपछि मुलुकमा राजनीतिक स्थिरता भई समृद्धि हासिल हुने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...