३ प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

2199 cl pic7

धनगढी । कैलाली जिल्लामा अझै ३ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् ।

खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर प्रदान गर्ने व्यवस्था गरेको छ । तर आर्थिक अवस्थाका साथै शिक्षा दिनुपर्छ भन्ने चेतना कतिपय परिवारमा नहुँदा अझै पनि विद्यालय पढ्ने उमेरका कतिपय बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

आर्थिक समस्याका साथै, बसाइँसराइ गरिरहने, कामको खोजीमा बाहिरिने विपन्न समुदायका केही परिवारका बालबालिका विद्यालयको पहँुचमा आउन नसकिरहेको जिल्ला शिक्षा अधिकारी मानसिं विष्टले बताए ।

कैलाली जिल्लालाई चालु शैक्षिक शत्रभित्र साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशत साक्षरता नाघेको हुनुपर्ने बताइन्छ ।

बालबालिकालाई शिक्षाको पहुँचसम्म ल्याउन शिक्षा कार्यालय, विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँदै आएको भए पनि यी अभियान केवल औपचारिकतामा मात्रै सीमित हुने गरेको कतिपयको भनाइ छ ।

सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नसक्नुमा विद्यालय, शिक्षक, अभिभावक, समाजसेवी र राजनीतिक नेता कार्यकर्ता सबै जिम्मेवार रहेकाले सरोकारवाला सबैले गम्भीर बन्न जरुरी रहेको पञ्चोदय उच्च माविका प्राचार्य पदमसिं कुँवर बताए ।

‘वर्षेनी सञ्चालन हुने विद्यालय भर्ना अभियान पनि प्रभावकारी नदेखिँदा समस्या देखिएको छ’ प्राचार्य कुँवरले भने– ‘विद्यालयमा व्यानर टाँगेर कर्तव्य निर्वाह गरेको र रीत पु¥याएको जस्तो गरी विद्यालय भर्ना अभियान गर्ने गरेको देखिँदा विद्यालय भर्ना अभियान अपेक्षाकृत सफल देखिएको छैन ।’

सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि छात्रछात्राबाट खेलकुद, पुस्तकालय, परीक्षालगायतका शीर्षकमा विद्यालयले आफुखुशी शुल्क लिने गरेकाले पनि समस्या देखिने गरेको छ । जसका कारण आर्थिक रुपमा पछि परेका सीमान्तकृत जनजाति, सुकुम्बासी, मुक्तकमैया समुदायका बालबालिका विद्यालय बाहिर रहनु पर्ने अवस्था रहेको छ ।

कुन समुदायका कति बालबालिका विद्यालयको पहुँचबाट टाढा छन् भन्ने यकिन तथ्याँकको पहिचान हुन नसक्दा विद्यालय भर्ना अभियानले सोचेजस्तो सफलता पाउन नसक्दा कतिपय बालबालिका शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने अवस्था रहेको धनगढी उच्च माविका प्राचार्य लक्ष्मणदत्त भट्ट बताए ।

कैलाली जिल्लामा निजी क्षेत्रका विद्यालयबाहेक ५ ससय ६५ वटा सामुदायिक विद्यालयमा १ लाख ६५ हजार छात्रछात्रा अध्ययनरत रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...