राजपाका सांसदको ओलीलार्इ प्रश्न, के माधवकुमार नेपाल उत्तर कोरिया हाइड्रोजन बम परीक्षण गराउन गएका थिए ?

Samsad 1

काठमाडौँ । पूर्व प्रधानमन्री एवम् नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालको उत्तर कोरिया भ्रमणबारे सदनमा जानकारी गराउन राजपाले माग गरेको छ।

राजपाका सांसद अकबाल अहम्मद साहले नेता नेपालको भ्रमणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका हुन्। साहले संसदको विशेष समयमा माधव नेपालको भ्रमण लगत्तै उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको उल्लेख गरे।

‘के उहाँ हाइड्रोजन बम परीक्षण गराउन जानु भएको थियो ?,’ साहले प्रश्न गरे, ‘विश्वका अधिकांश राष्ट्रले नाकाबन्दी गरिरहेका बेला के मनसायले भ्रमण भयो ?’

साहले कसको इशारामा भ्रमण भएको भन्दै प्रश्न खडा गरे । नेता नेपाल गत साउन २७ गते सांसदहरूको टोलीसहित उत्तर कोरिया भ्रमणमा गएका थिए । सांसद साहले सदनमा एमालेको अध्यक्षमार्फत जवाफका लागि रुलिङ गर्न सभामुखसँग माग समेत गरे ।

संसदकै विशेष समयमा नेपाल मजदूर किसान पार्टीले भने उत्तर कोरयाले गरेको मिसाइल परीक्षणको समर्थन गर्नुपर्ने जनाएको छ । नेमकिपाका प्रेम सुवालले साम्राज्यवादी आक्रमण विरुद्ध उत्तर कोरियाले गरको मिसाइल परीक्षणको समर्थन गर्नुपर्ने बताएका हुन् ।

‘सार्वभौमिकता रक्षा गर्न सन् २०१६ को जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको छ । अहिले मिसाइल परीक्षण गर्दैछ’, सुवालले भने, ‘प्रजातान्त्रिक कोरियाले साम्राज्यवादी आक्रमण र विस्तारवादी आक्रमणको जवाफ दिने अधिकार राख्छ । हाम्रो देशले साम्राज्यवादी देशको आक्रमणको विरोध र रक्षाका लागि गर्दै आएको प्रयासको समर्थन गर्नुपर्छ ।’

उनले अमेरिकाले आगोसँग खेलको हो भन्दै उत्तर कोरयालाई धम्की दिएपछि उत्तर कोरियाले ग्वाम टापु आक्रमको चेतावनी दिएको उल्लेख गरे। ‘प्रजातान्त्रिक कोरियाले देशको सार्वभौमिकता रक्षा गर्ने अधिकार राख्छ’, सुवालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...