स्मार्टसिटी देखि सुन्दर शहरको, सपना बोकेका महानगरबासी फोहोरको थुप्रो माथि हिड्न बाध्य

Foharmaila (1)

काठमाडौँ । स्मार्टसिटी देखि सुन्दर शहर बनाउने आशा बाँडेर स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौँ र ललिपुर महानगरपालिकाका जनप्रतिनीधिले फोहोरमैला व्यवस्थापन गर्न नसक्दा शहर दुर्गन्धित बन्न थालेको छ ।

जसोतसो हेर्न हुने देखिएका शहरका चोकहरुमा केहि दिनदेखि फोहोरको थुप्रो देखिन थालेका छन् । जनप्रतिनीधि चुनिए लगत्तै फोहर उठ्न छाडेपनि महानगरपालिकाको वेवास्ताका कारण प्रदुषण बढ्दै गएको हो ।

यतिबेला हेर्ने हो भने ललितपुर र काठमाडौँ महानगरपालिकाको सबैजसो चोक तथा गल्लीहरुमा फोहोरको थुप्रो लागेको छ । मुख्य बजार क्षेत्रको समेत फोहर नउठ्दा स्थानीयले दुर्गन्धको सास्ती खेप्नु परेको छ ।

निर्वाचन अघि आश्वासनका चाङ लगाएका जनप्रतिनीधिले चुनाव जितेपछि भने शहर प्रदुषित हुँदा समेत मौन छन् । स्थानीयवासीको गुनासोपछि हामी महानगर प्रमुख चिरीबावु महर्जनलाई भेट्न कार्यालय पुग्यौ ।

तर उनी जापान र दक्षिण कोरिया भ्रमण गएको एक हप्ता भइसकेको रहेछ । अनि उपप्रमुख गीता सत्यालसँग शहरैभरि किन फोहोर थुप्रिएको भनेर सोध्दा उनको जवाफ थियो ,सबैकाम एकैपटक गर्न सकिदैन् ।

महानगरको फोहोर व्यवस्थापनमा स्थानीय तहले प्रभावकारी काम गर्न नसक्दा शहर थप दुर्गन्धित हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...