भिरबाट लडेर महिलाको मृत्यु

चमेलिया नदीमा बेवारिसे शव भेटियो

Baitadi

बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । 

बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिनुभयो । मृतक महिलाकोे शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ । 

बेवारिशे शव फेला 

यसैबीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको दोभान कर्कलेमा बिहीबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । अन्दाजी २५ वर्षको पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ । मृतक पुरुषको मुखमा दागबत्ती दिएको भेटिएकाले चमेलिया नदीको माथिल्लो क्षेत्रबाट कसैले दागबत्ती दिएर शव बगाएको हुनसक्ने प्रहरीले जनाएको छ । 

गहुँगोरो वर्ण भएको पुरुषको उक्त शवको सनाखत भने हुन नसकेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...