राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीलाई ‘हलो’

माओवादी केन्द्रदेखि समाजवादी र जनजागरण पार्टीलाई एउटै चुनाव चिन्ह

Nirwachan aayog

काठमाडौं । सरकारले मंसिर १० र २१ मा दुई चरणमा प्रदेश र संसदीय निर्वाचन गर्ने भएपछि निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।

तर, संयोग चाँही के छ भने सरकारमा रहेको नेकपा माओवादी केन्द्र र सत्तामा नरहेको नेकपा माले तथा एउटै पार्टीबाट विभाजन भएको दुई पार्टीलाई एउटै प्रकारको चुनाव चिन्ह दिएको छ । यतिसम्म की माओवादी केन्द्रदेखि समाजवादी र जनजागरण पार्टीलाई एउटै चुनाव चिन्ह पाएका छन् ।

हालसम्म माओवादी केन्द्रले गोलाकार हसिया हतौडा चिन्ह प्रयोग गर्दै आएको छ । नेकपा मालेले चाँही हसिया हतौडा चुनाव चिन्हबाटै निर्वाचन लड्दै आएको छ ।

माओवादीभन्दा तुलनात्मक रुपमा निक्कै कमजोर रहेको मालेले चुनाव चिन्हकै कारण राम्रै मत ल्याउँदै आएको छ । संगठन नै नभएको ठाउँमा पनि हसिया हतौडा भएका कारण राम्रो मत ल्याउँदै आएको मालेलाई हसिया हतौडा फापेको छ ।

त्यो त दुई वामपन्थी पार्टीको कुरा भयो । अहिले राजावादी पार्टी र भर्खरै मात्रै राजावादी पार्टीबाट अलग भएको राप्रपा प्रजातान्त्रिकले पनि त्यस्तै एउटै चिन्हबाट चुनाव लड्नुपर्ने भएको छ । यी दुई पार्टीहरु गत वर्ष राप्रपाबाट फुटेका दुई पार्टी हुन् ।

निर्वाचन आयोगले राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीलाई हलो चुनाव चिन्ह दिएको छ । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीलाई आयातकारभित्रको हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्रको हलो चुनाव चिन्ह दिइएको छ ।

नेकपा माओवादी केन्द्रसँगै समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीले एउटै चुनाव चिन्ह पाएका छन् । तीन दलको चुनाव चिन्ह गोलाकारभित्र हसिया हथौडा कायम गरिएको छ ।

मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव हुँदैछ । यो चुनावमा भाग लिन ९५ दलले आयोगमा निवेदन दिएका थिए । आयोगको बिहीबार बसेको बैठकले दर्ता भएका ९६ दललाई चुनाव चिन्ह दिएको छ ।

आयोगले एकल चुनाव चिह्नमा लड्न चाहने दुई वा दुई भन्दा बढी दललाई एउटै चुनाव चिन्ह दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न दिइएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
जस अनुसार माले र जनसमाजवादी पार्टीले एउटै चुनाव चिन्ह हसिया तारा पाएको छ । नयाँ शक्ति पार्टी नेपालले आँखा चुनाव चिन्ह पाएको छ भने राष्ट्रिय जनता पार्टी नेपालले छाता चुनाव चिन्ह पाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...