१ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख

Elaichi

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका एक सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध भएको छ । 

कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ ।

शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट सत्र हजार एक सय १८ घरधुरी लाभान्वित हुने छन् । चियाका छप्पन्न परियोजनाबाट सात हजार आठ सय ७० घरपरिवार, डेरीका २९ परियोजनाबाट पाँच हजार तीन सय ७८, अलैँचीका १५ परियोजनाबाट दुई हजार सात सय ३० तथा अदुवाका तीन परियोजनाबाट एक हजार एक सय ४० घरपरिवार लाभान्वित हुने छन् ।

उन्नतिले प्रत्यक्ष अनुदानअन्तर्गत २३ वटा अदुवाखेतीसम्बन्धी कार्यरत समूहलाई २१ लाख ९८ हजार सहयोग उपलब्ध गराउने भएको छ । उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...