डेनमार्कको एनआरएनमा सुमन थापाको महासचिवमा उम्मेदवारी

Denmark

काठमाडौँ । डेनमार्कको कोपहेगनमा यहि सेप्टेम्बर ११ मा हुन लागेको एनआरएनको चौँथौ अधिवेशनमा सुमन थापाले महासचिवमा उम्मेदवारी दिने भएका छन् ।

उनले आफ्नो घोषणा समेत सार्वजनिक गरेको छ । एनआरएन डेनमार्कको वार्षिक क्यालेन्डर बनाएरै त्यसै अनुरुप समयमा सफलतापुर्वक संचालन गर्ने योजना लिएका छन् ।

समाजमा क्रियाशिल सबै संघसंस्थाका प्रतिनिधिहरु र सामाजिक अभियन्ताहरुलाई परिचालन गरि एनआरएनले आयोजना गरेका सबै कार्यक्रमहरुलाई सफल बनाउन प्रयास गरेर एनआरएनले डेनमार्कका बिगतदेखिकै हिसावलाई आगामी कार्यकालदेखि पारदर्शी बनाउने, आयव्ययलाई सामाजिक संजाल र संस्थाको वेबसाईटमा अध्यावधिक गर्ने लगायतका योजना अघि सोरेका छन् ।

उनले नेपालमा सहयोग पठाउने नाममा चन्दा उठाउने परिपाटीलाई निरुत्साहित गरि एनआरएन डेनमार्कको आफ्नै श्रोतको खोजी गर्ने तथा संस्थालाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउनतिर उन्मुख गर्ने प्रयास गर्ने, डेनमार्कमा अध्ययन गर्न आउने नवआगन्तुक विद्यार्थी तथा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका लागि हेल्प डेस्कको स्थापना र विद्यार्थी कल्याण कोषको व्यवस्था गर्नेगरी आफुले महासचिवमा उम्मेदवारी दिन लागेको बताए ।

डेनमार्कमा स्थापित र स्थापित हुन प्रयास गरिरहेका खेलकुदका क्लबहरुलाई उत्थान र प्रोत्साहन गर्न सहजकर्ताको भूमिका निर्वाह गरी डेनमार्कमा लामो समयदेखि बस्दै आएका नेपालीलाई व्यापार व्यवसायमा संलग्न हुन अभिप्रेरित गर्ने खालका कार्यक्रमहरु ल्याउने तथा अध्यागमनसम्वन्धि कानूनी परामर्श दिने कार्यक्रम नियमित रुपमा संचालन गर्ने उनको भनाई छ ।

नेपाली भाषा, संस्कृति र रास्ट्रिय पहिचान देखिने गरि स्थानीय स्थानिय डेनिश समाजमा प्रस्तुत गर्ने, दोस्रो पुस्ताका नेपालीको सुनौलो भविष्य निर्माण गर्न तथा स्थानीय डेनिश समाजमा स्थापित गर्नको लागि सहजिकरण गर्नेसम्मको एजेण्डा उनले अघि सारेका छन् ।

को हुन् सुमन थापा ?

सन १९८२ ललितपुरमा जन्मिएका सुमन थापा ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ७ निवासी हुन् । सन २००८ मा अध्ययनको शिलशीलामा डेनमार्क पुगेका थापा २०१४ मा औपचारिक रुपमा डेनमार्कबाटै स्नातकोत्तर उत्तीर्ण गरी स्थायी बसोबासको अनुमति प्राप्त गरेका हुन् ।

डेनमार्कमा रहँदा पनि समय समयमा विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने थापा खादा पासा जस्तो हास्यव्यंग नाटकमा अभिनय गरि युरोपमा नै चर्चित भएका व्यक्ति हुन् ।

खादा पासा नाटकको माध्यमबाट समाजमा व्याप्त बिकृति र बिसंगतिमाथि चोटिलो प्रहार गर्ने एउटा सिर्जनशिल सामाजिक अभियन्ता पनि हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...