स्यालको टोकाइबाट १८ जना घाइते

Fox

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका ४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो । 

बुधबार साँझ नौजना र आज दिउँसोसम्म नौजनालाई टोकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए ।
घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए ।

स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौँको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताएका छन् ।

घाइतेलाई काठमाडौँ पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । आज बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...