चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता

Njnj

चितवन । निजामती सेवा दिवस २०७४ को अवसरमा राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका ५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । 

निजामती सेवा दिवस २०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित सरकारी कार्यालयका प्रमुख र कर्मचारीले प्रतिबद्धता लेखिएको माइन्यूटमा हस्ताक्षर गरेका हुन् ।

कुनै पनि बहानामा कसैले पनि अतिरिक्त रकम नलिने र त्यस्तो रकमको अपेक्षा नगरी भ्रष्टाचार मुक्त चितवन अभियानलाई सार्थक बनाउने, नागरिकमैत्री प्रशासन तथा वातावरणमैत्री कार्यालय बनाउने उल्लेख छ ।

नीतिप्रति प्रतिबद्ध र राजनीतिप्रति तटस्थ भन्ने सार्वजनिक प्रशासनको मूलभूत मान्यता बमोजिम पेशागत व्यावसायिक रुपमा परिचालन हुने र सेवा सुधार मार्ग्चित्र २०७३ को पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रतिबद्धता जायर गरेअनुसार काम गर्न निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...