निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै

Sam 4442

काठमाडौँ । १४ औँ निजामती सेवा दिवस बिहिबार विविध कार्यक्रम गरी मनाइदैछ ।

निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता भन्ने मुल नाराका साथ दिवसकै अवसरमा स्वास्थ्य मन्त्रालय र निजामती कर्मचारी अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम आयोजना गरेको थियो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् ।

दिवसका अवसरमा देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ । दिवसकै अवसरमा मन्त्रालयले उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई यस वर्ष पुरस्कारले सम्मान गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...