राज्यमन्त्री प्रसाईँद्दारा कृषि गोदामघरको निरीक्षण

Sarita

भद्रपुर । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताएका छन् । 

झापाको कचनकवलस्थित पोष्ट हार्भेष्ट सेन्टर तथा कष्टम हायरिङअन्तर्गतका कृषि औजार एवं उपकरणको बुधबार निरीक्षण एवं अवलोकन गर्दै उनले त्यो कुरा बताएका थिए ।

रियोजनाको महत्व एवं उपादेयताको बारेमा आम नागरिक तथा किसान सुसूचित हुनुपर्ने धारणा राख्दै राज्यमन्त्री प्रसाईंले परियोजनाको कार्य क्षेत्र अझ विस्तार हुनसकेमा आम किसान लाभान्वित हुने कुरामा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रभू बुढाथोकीले कृषि क्षेत्रबाट आम किसानलाई पर्याप्त फाइदा दिन सरकारले सुपरजोनको धारणा ल्याएको बताउँदै कृषकको माग र आवश्यकता पूरा गर्न अझ मेहनत गर्नुपर्ने सुझाव दिए ।

झापाको बिर्तामोडस्थित पूवार्ध डेरी उद्योगको निरीक्षण एवं अवलोकन गरे भने नेपाल अलैँची व्यवसायी महासंघ, केन्द्रीय कार्यालय, बिर्तामोड, झापाले राज्यमन्त्री प्रसाईंलाई स्वागत एवं सम्मान पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस