बिपीको अनुयायी भएर प्रधानमन्त्री हुन पाएकोमा गर्व छः प्रधानमन्त्री देउवा
बिपीको बारेमा अझै अध्ययन, अनुुसन्धान र खोज गर्नु आवश्यक छ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी भएर प्रधानमन्त्री हुन पाउँदा आफुलाई गर्व लागेको बताएका छन् ।
जननायक बिपी कोइराला स्मृति ट्रस्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको ‘बिपी साहित्य सम्मान तथा बिपी सेनानी सम्मान’ कार्यक्रममा उनले बिपीको सिद्धान्तले पार्टी यो अहिलेको अवस्थासम्म आइपुगेको बताएका हुन् । 'हर क्षेत्र र हर विषयमा अध्ययनशील र बुझेको व्यक्ति बिपी कोइरालाको बारेमा अझै अध्ययन, अनुुसन्धान र खोज गर्नु आवश्यक छ,'– उनले भने ।
प्रधानमन्त्री देउवाले बिपी कोइरालाको साहित्य र राजनीतिलाई आमजनतासम्म लैजानु जरुरी रहेको बताउँदै यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिपी कोइरालालाई सहयोग गर्ने र उहाँका विचारलाई आम जनतासमक्ष साहित्यमार्फत लैजाने व्यक्तिलाई सहयोग गरेर ट्रस्टले राम्रो काम गरेको उल्लेख गरे ।
सो अवसरमा प्रधानमन्त्री देउवाले रु एक लाख एक हजार राशिको ‘बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी तथा रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान’ तीर्थराज ज्ञवाली (चैतु)लाई प्रदान गरे ।
ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य बलदेव शर्मा मजगैया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनको समितिले निर्णय गरे अनुसार उक्त पुरस्कार प्रदान गरिएको हो ।
साहित्यकार प्रा डा अभि सुवेदीले बिपी कोइरालाको साहित्य लेखन र राजनीतिबीच सम्बन्ध रहेको बताउनुभयो । उहाँले अहिलेको समयमा बिपीको राजनीति र साहित्य कमजोर हुँदै गएको चर्चा गरे ।
ट्रस्टका महासचिव एवं सांसद रामचन्द्र पोखरेलले बिपीको योगदान र उहाँले प्रतिपादन गरेको सिद्धान्तलाई आम जनता सामु पु¥याउन ट्रस्टले महत्वपूर्ण भूमिका खेलेको बताए ।
ट्रस्टले बिपीका यत्रतत्र छरिएर रहेका कृतिलाई एकीकृत गर्ने तथा साहित्य सम्मान, बिपीसँगै लोकतान्त्रिक आन्दोलनमा लागेका व्यक्तिलाई सम्मान, बिपीको बारेमा विद्यावारिधि गरेका व्यक्तिलाई पुरस्कार तथा सम्मान, विद्यावारिधिका लागि शोध गर्नेलाई सहयोग, देशभर रहेका बिपीका शालिकलाई सुरक्षित गर्ने, चितवनको खैरहनी नगरपालिकाको विद्यालयलाई सहयोग गर्ने काम गरिसकेकोे महासचिव पोखरेलले जानकारी दिए ।
उनले ट्रस्टले नवलपरासीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागेको जानकारी दिँदै अन्तर्राष्ट्रियस्तरको बिपी अध्ययन केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । ट्रस्टका कावा अध्यक्ष श्रीहर्ष कोइरालाले बिपी बहुआयामिक व्यक्ति भएकाले उहाँको आदर्श सिद्धान्त सदैव नेपाली राजनीतिमा रहने उल्लेख गरे ।
साहित्यकार तथा समालोचक महेश पौडेलले प्रा डा सुवेदीले बिपी कोइरालालाई स्वदेश तथा विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताए । पौडेलले प्रा डा सुवेदी नेपाली, अंग्रेजी, नाटकमार्फत बिपी कोइरालालाई चिनाएको उल्लेख गरे ।
सांसद राजु खनालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चैतुको ठूलो योगदान रहेको बताए । उनले बिपी कोइरालाले आह्वान गर्नुभएको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी राजनीतिदेखि नै सक्रिय भई लागेको र दाङ काँग्रेसलाई मजबुद बनाउन चैतुको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।
सम्बन्धित समाचार
आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने
काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...
उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते
धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...
धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार
धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...
२९ दिनको सडक आन्दोलनपछि टुंगियो आन्दोलन, सरकारसँग भयो ९ बुँदामा सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच २९ दिनपछि ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५...
सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी
काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस