रक्त सञ्चार केन्द्र नहुँदा रगतको समस्या

Blood donation

बैतडी । जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई चाहिने रगत उपलब्ध गराउन समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएता पनि रगत खोज्न समस्या हुँदै आएको हो । 

रक्तदाताको अभावमा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका जिल्ला अस्पतालका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए । रगतको व्यवस्था गर्न नसक्दा अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको छ ।

दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई थप समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालयमा जान्छन् । रक्त सञ्चार केन्द्र नहुँदा रगत सञ्चय गर्नसक्ने अवस्था छैन ।

पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि दार्चुला र बझाङबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो ।

रगत जुटाउन नसक्दा ग्रामीण क्षेत्रबाट उपचारका लागि आएकाहरु विचल्लीमा पर्दै आएकाले रक्तदाता नपाएर बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था कम गर्न प्रसूतिका लागि अस्पताल आउने महिलासँगै श्रीमान वा जिम्मेवार पुरुष आउनुपर्ने नियम बनाइएको छ ।

कार्यालयले रगतको व्यवस्था गर्न गतवर्ष जिल्लास्थित सरोकारवालासँगको अन्तक्र्रियामा राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाको तर्फबाट रक्तदान गर्न चाहनेको विवरण दिने प्रतिबद्धता जनाए पनि कसैले चाँसो नदिएको कार्यालयले जनाएको छ ।

आफन्तलाई आवश्यक भएका अवस्थामासमेत रगत दिन तयार नहुने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् । समुदाय र विद्यालय तहमा रक्तदानसम्बन्धी चेतनामूलक कार्यक्रमसँगै रक्तदाताको सूची अति आवश्यक भएको डा. अवस्थीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...