प्रहरीद्वारा गाँजाको ब्याड सहितको गाँजा खेति नष्ट

Ganga

हेटौँडा । मकवानपुरको विकट गाउँपालिकामा लगाइएको गाँजाको ब्याड सहितको गाँजा खेती नष्ट गरेको छ ।

५ दर्जन प्रहरीको सक्रियतामा विकट राक्सिीराङ गाउँपालिकाका ९ वटा वडामा लगाइएको गाँजाको ब्याडनै नष्ट गरिएको हो ।

अवैध रूपमा गाँजाको ब्याड लगाइएको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय टोली सो स्थानमा पुगेको थियो ।

सूचना पाएपछि पुगेको ६५ जनाको टोलीले ९ दिन लगाएर गाँजाको ब्याड नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताए ।

प्रहरीले राक्सीराङ गाँउपालिकाको १ देखि ९ वडा, मनहरी गाउँपालिकाको केही भाग कैलाश गाउँपालिकाको केही स्थानमा अवैध रूपमा लगाइएको गाँजाको ब्याड र गाँजा खेती नष्ट गरेको हो ।

प्रहरीले ४ सय ४३ कठ्ठा गाँजाको ब्याड र २ सय ९२ कठ्ठामा लगाइएको गाँजा फडानी गरेर नष्ट गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...