देउवाकै पालामा मेलम्चीको पानी डिसेम्बरमा काठमाडौं आउँछ : मन्त्री यादव

Mantri yadav

काठमाडौँ । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले १ सय ६ सिट जित्दै पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने,‘तराई / मधेश कांग्रेसको गढ हो,।

कांग्रेसले नै मधेशको विकास गरेको छ, हजारौं नेता तथा कार्यकर्ताहरु कांग्रेसलाई पहिलो बनाउन आँतुर छन्, हामीले पनि जनतामा अत्यन्तै भिजेका, लोकप्रिय र पूराना नेताहरुलाई उम्मेद्धवार बनाएका छौं।’

उनले कांग्रेसले हुलाकी सडक, खानेपानी, भौतिक पूर्वाधार लगायत विकासका धेरै कामहरु गरेकोले कांग्रेसप्रति जनताको विश्वास रहेको स्पष्ट पारे । उनले भने,‘१ सय ३६ स्थानमा हामी एक सय ६ वा ७ स्थानमा विजयी हाँसिल गर्छौं ।’

त्यस्तै उनले राजमार्ग छेउमा कांग्रेसले माओवादी केन्द्रसँग ९/१० स्थानमा सहकार्य गर्ने निर्णय भएकोले त्यही अनुसार उम्मेद्धवार तय भएको समेत जनाए ।

उनका अनुसार राजमार्ग छेउका सिमराको जीतपुर, सर्लाहीको बाग्मती, लालबन्दी, हरिवन, धनुषाको ढल्केवर(मिथिला), सिरहाको कर्जन्हा, मिर्चैया र गोलबजारमा माओवादी केन्द्रसँग सहकार्य हुने निर्णय भएको छ ।

मन्त्री यादवले यही डिसेम्बरभित्रै मेलम्चीको खानेपानी काठमाडौं आउने दाबी गरे । उनले भने,ढुक्क हुनुहोस्, मेलम्चीको खानेपानी काठमाडौंवासीले यही वर्षको डिसेम्बरभित्रै खान पाउँछन्।’

विगतमा मेलम्चीको पानी काठमाडौं आउने अनिश्चितजस्तो भएपनि आफू मन्त्री भएर आएपछि यसलाई निश्चित् गराएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...