नायिका तथा मोडल बर्षा राउतका पिता बर्दिबास नगरपालिकाको मेयर पदमा उम्मेदवार

Brasa raut ko pta

काठमाडौँ । नायिका तथा मोडल वर्षा राउतको पिता बर्दिवास नगरपालिकाको मेयर पदमा उम्मेदवारी भएका छन् ।

प्रदेश न २ निर्बाचनमय भईरहेको स्थितिमा बर्दिबास नगरपालिकाको जनताहरुको तथा युवाहरुका ढुक ढुकी बन्न सफल नेता सुरेश बहादुर राउत बर्दिबास नगरपालिका महोत्तरी जिल्ला बाट नेकपा एमालेको तर्फ बाट मेयर पदका लागि चुनाबी मैदानमा उत्रिएका छन् ।

२० वर्ष पछि भैरहेको स्थानयि तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वको लागि स्थानिय तहका नेताहरु आफ्नो पक्षमा मतदान गराउन आफ्नो आफ्नो एजेण्डा लिएर जनताको घर दैलोमा पुगेका छन् ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा नेकपा एमालेको तर्फ बाट मेयरमा इमान्दार, कर्मठ तथा जुझारु नेता सुरेश बहादुर राउतले उम्मेदवारी दिएका हुन् ।

सधै जनताको कामलाई प्राथमिकता दिने, स्थानिय निकायलाई बलियो बनाउदै नगर विकासमा र सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका नेता राउतले बर्दिबास नगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

सर्बाधिक नगरबासीको रोजाइमा परेका स्पष्ट भिजन लिएर अगाडि बढेका नेता सुरेश बहादुर राउत स्थानिय तह देखि नेकपा एमालेको केन्द्र सम्म पनि एक स्वच्छ छबि भएकी इमान्दार तथा कर्मठ नेताको रुपमा परिचित छन् ।

बर्दिबास नगरपालिका एक ऐतिहासिक नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि सामाजिक अभियन्ता नेता सुरेश बहादुर राउतको आबस्यकता रहेको र सम्पूर्ण बर्दिबासका जनताहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ ।

दशकौ बर्ष देखि नेकपा एमाले बाट सक्रिय राजनीति गर्दै आएका नेता सुरेश बहादुर राउत युवाहरु देखि वृद वृदाहरु सम्पूर्ण बर्दिबास नगरपालिकाको बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा उनको जित्ने सम्भाबना पनि प्रचुर रहेको जानकारी जानकारहरुले दिएका छन् ।

नेता सुरेश बहादुर राउत एक निडर, हक्की, स्वच्छ छबि तथा स्पष्टबक्ता नेताको रुपमा परिचित समेत छन् । बर्दिबास नगरबासीहरुको जनमत अहिलेको परिस्थितिमा नेता सुरेश बहादुर राउत संग रहेको र नागरिकहरुको जनलहर उनि प्रति रहेको जानकारी निकट श्रोतले गराएको छ ।

नेता सुरेश बहादुर राउत नगरलाई हाक्न र बर्दिबास क्षेत्रको विकासमा गति दिन पनि अपरिहार्य रहेको कुरा नगरबासीले जानकारी गराए ।

महोत्तरीको बर्दिबास नगरपालिका सास्कृतिक, धार्मिक तथा पर्यटकिय रुपले पनि धनि नगरपालिका भएकोले यस क्षेत्रको आर्थिक, सामाजिक ,भौतिक, प्रविधि र साँस्कृतिक तथा चेतना स्तरको विकासमा लागि पनि नेता सुरेश बहादुर राउतको आबस्यकता रहेको र सम्पूर्ण जनताहरुको माग समेत रहेको कुरा निकट श्रोतले जानकारी गराएको छ, भने अहिले सम्मको परिस्थिति हेर्दा उनको जित सुनिस्चित रहेको छ । नेता सुरेश बहादुर राउत नायिका तथा मोडल बर्षा राउतका पिता हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...