करेन्ट लागेर भोजपुरमा एकको मृत्यु

Electric(2)

भोजपुर । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर भोजपुरमा एक महिलाको मृत्यु मृत्यु भएको छ ।

भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरकी ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।

खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र मंगलबार परीक्षण हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस