धनकुटाका पत्रकारको उपचारमा ताप्लेजुङका पत्रकारले गरे सहयोग

Bijaya santoshi rai

ताप्लेजुङ । मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका लागि ताप्लेजुङका पत्रकारले सहयोग रकम संकलन गरी पठाएका छन् ।

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ताप्लेजुङको सक्रियतामा संकलित ११ हजार रुपैयाँ उपचार 

लागि सहयोगस्वरुप पठाइएको पत्रकार महासङ्घका उपाध्यक्ष चन्द्र पन्दाक प्रयासले बताए ।

उक्त रकम जिल्लामा रहेका सञ्चारकर्मीलगायतबाट संकलन गरिएको हो । राईको उपचारका लागि सहयोग गर्न पत्रकार महासङ्घले देश तथा विदेशका सञ्चारकर्मीसँगसमेत आग्रह गरेको छ ।

यस्तै, प्रदेश नं १ का सबै जिल्ला शाखामार्फत सहयोग संकलन गरी सहयोग गर्न अपिल पनि गरिएको पन्दाकले बताए ।

लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गर्नुभएका राई नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएरसमेत काम गरेका थिए । राई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका संस्थापक अध्यक्षसमेतरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...