वीरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, । व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख ओनसरी घर्तीले सोमबार बैठकमा सो शोक प्रस्ताव प्रस्तुत गरे । उनको यही भदौ ११ गते आइतबार ७७ वर्षको उमेरमा काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।

नेकपा एमालेका तर्फबाट मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट विसं २०५६ मा राष्ट्रियसभामा उनले प्रतिनिधित्व गरेका थिए । बाम प्रजातान्त्रिक आन्दोलनमा उनको अथक योगदान रहेको थियो ।

बैठकले स्व. सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक सोमबार १ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...