काठमाडौँ–धनगढी श्री एयरलायन्सको थप अर्को उडान शुरु

Shree airlines

कैलाली । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ ।

आजबाट थपिएको उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९:५५ उडेर १०:५० मा पुगेको थियो । दोस्रो उडान दिउँसो २:०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए ।

उनले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न लगेको जानकारी दिएका छन् । श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएको छ ।

धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छ वटा उडान हुने भएको छ ।

सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ ।

विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...