पहिरोबाट जोखिम बस्ती स्थानान्तरण गर्न विज्ञको सुझाव  

Basti lamjunga

 

लमजुङ । पहिरोको जोखिममा रहेका लमजुङका ५ बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञसहितको टोलीले अध्ययनपछि जोखिमयुक्त ५ गाउँलाई स्थानान्तरण गर्ने सुझाव प्राप्त भएको हो ।

विज्ञ टोलीको प्रतिवेदनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका चार गाउँपालिकाका ५ बस्ती स्थानान्तरण गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिए ।

टोलीले गत माघ अन्तिम र फागुन पहिलो साता जिल्लाको साविक १३ गाविसका जोखिम बस्तीको विस्तृत अध्ययन गरेको थियो । टोलीमा भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद्, जलउत्पन्न प्रकोप व्यवस्थापन विज्ञको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...