विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध  

Bidhuta khamba

ललितपुर । चापागाउँ–खुमलटार सडकखण्डमा बाटो चौडा पार्ने काम नेपाल विद्युत् प्राधिकरणको उदासीनताका कारण अघि बढ्न सकेको छैन ।

प्राधिकरणले खम्बा सार्न ढिलाइ गर्दा निर्माण कार्य अवरुद्ध भएको डिभिजन सडक कार्यालय ललितपुरले जनाएको छ ।

झण्डै ४ महिनादेखि काम अघि बढ्न नसकेको इञ्जिनियर आरती साहले बताए । पटक पटक पत्राचार गर्दासमेत खम्बा सार्न प्राधिकरणले बेवास्ता गर्दै आएको छ । जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताए ।

चक्रपथसँग जोडिएको सडकमा काम लथालिंग हुँदा यात्रु हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन् । साहले भने ‘ठेकेदार काम गर्न हतारिएको छ । पोल नसारेकाले मात्रै काम रोकिएको हो । पोल सारेको एक महिनामै काम सकिन्छ ।

काठमाडौँ उपत्यका शहरी विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम सकिएको छैन । सातदोबाटोबाट खुमलटारसम्म ९ सय मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको हो । खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक विस्तार आयोजनाको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...