उपसभामुख यादवद्वारा ‘बकर इद’ को शुभकामना

Eid

राजविराज । उपसभामुख गंगाप्रसाद यादवले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुसालमान समुदायप्रति आज शुभकामना व्यक्त गरेका छन् । 

गृह जिल्ला सप्तरीको हनुमान नगर कंकालनी नगरपालिका ८ जोगिनियाँ आउनुभएको उहाँले शुभकामना दिँदै यस पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय बनाउनका लागि एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपाली जनतालाई आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...