साउदी जाने नेपालीलाई अब ट्रान्जिटको झन्झट कम , हिमालयन एअरलाईन्सले सुरु गर्यो सिधा उडान  

Himalaya yearlines

 

काठमाडौं । हिमालय एअरलाइन्सले शनिबारदेखि काठमाडौं दमाम सिधा उडान सुरु गरेको छ ।

यससँगै हिमालय एयर नेपालबाट साउदी अरेबियामा सिधा उडान गर्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान शनिबार बेलुक साढे १० बजे भएको कम्पनीले जनाएको छ ।

विमान साउदीको समय अनुसार राती १२ बजेर ५० मिनेटमा किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थल दमाममा अवतरण गर्नेछ । यो उडानले यात्रुलाई सजिलो हुनुका साथै २ देशबिचको सम्बन्ध पनि विस्तार हुने हिमालय एयरले जनाएको छ ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीलाई आफ्नो देश आउन सिधा उडान सेवा प्रदान गर्नेगरी उडान को शुभारम्भ गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...