विवाहका लागि केटी हेर्न गएका शेर्पाको मृत्यु ४ घाइते  

Jeep

सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा मा जिप दुर्घटनामा परि विवाहका लागि केटी हेर्न गएका दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको छ । भने अन्य ४ जना गम्भीर घाइते भएका छन् ।

ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् ।

११ जना यात्रु बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंँ लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...