इन्टरनेटमा बालबालिकाको सुरक्षा सम्बन्धी सम्मेलन

Internet using

काठमाडौँ । इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन शनिबार राष्ट्रिय सभागृहमा शुरु भएको छ ।

इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन शुरु भएको हो ।

सम्मेलनको प्राधिकरणका निर्देशक आनन्द खनाल, युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले सयुक्त रुपमा उद्घाटन गदै बालबालिकामा इन्टरनेट प्रयोग बढेसँगै सुरक्षा खतरा पनि उत्तिकै बढेको भन्दै सम्मेलनले बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने भन्ने जानकारी दिने बताए ।

सम्मेलनमा इन्टरनेटको राम्रा र नराम्रा पक्षको बारेमा सचेतना जगाइने प्राधिकरणका उपननिर्देशक हिरण्यप्रसाद वास्ताकोटीले जानकारी दिए ।

१३ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीलाई लक्षित गरेर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा बालबालिकालाई सुरक्षित भएर कसरी इन्टरनेट प्रयोग गर्ने भन्ने बारेमा सिकाइने छ । अहिले बालबालिकालाई इन्टरनेटको माध्यमबाट यौन दुरव्यवहार हुने, बाल अपराधसमेत बढेको पाइन्छ ।

सम्मेलनमा बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा हुने समस्याबारेमा समूहगत छलफल गराइने छ । ती बालबालिकाबाट उठेका समस्यालाई महावीर पुन, प्रहरीनायब उपरीक्षक अमरेन्द्र सिंह, अधिवक्ता प्रवीण सुवेदीलगायतले समाधान गर्नु हुनेछ ।

सम्मेलनमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाका विभिन्न १५ वटा स्टल राखिएका छन् सम्मेलनमा उपत्यकाका विभिन्न विद्यालयका करिब २ हजार बालबालिकाको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...