भाइरल ज्वरोले बिरामी तेब्बर

Rugha e1469971457776

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ ।

हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १ सय २० देखि १ सय ५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २ सय देखि २ सय २० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका डा जगन्नाथ तिवारीले बताउनुभयो ।

१५ श्ययाको जिल्ला अस्पतालमा भुईंमा तथा बेन्चमा गरी ४० जनाको भर्ना गरेर उपचार गरिरहेको उनको भनाइ छ ।

जिल्ला अस्पताल सँगसँगै, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा विशेष गरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् ।

अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा. तिवारीले मास्क लगाएर हिँड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान आग्रह गरे ।

भाइरलको शंका लागेमा स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तु खान र आराम गर्न उनले सुझाव दिए ।

वर्षापछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै तिवारीले स्वास्थ्यमा खेलबाड नगर्न बिरामीलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...