विराटनगर विमानस्थलको रात्रि उडान अनिश्चित

Yeti airlines

विराटनगर । विराटनगर विमानस्थलमा रात्रि उडान सञ्चालन अनिश्चित बनेको छ ।

बाढीका कारण धावनमार्गमा जडान गरिएका बिजुली बिग्रेकाले साँझ परेपछि उडान गर्न नसकिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

२ साताअघि भलबाढी पसेर एक सातासम्म अवरुद्ध भएको विमानस्थलमा अहिले बिहान ९ देखि ५ बजेसम्म मात्र उडान भइरहेको छ ।

धावनमार्ग आसपासको बिजुली र त्यहाँसम्म पुर्‍याइएको वाइरिङ मर्मतपछि मात्र रात्रि उडान सञ्चालन हुने जनाइएको छ ।

हाल दैनिक १४ उडान भइरहेका छन् । रात्रि समयमा हुने ५ वटा उडान भने सञ्चालन हुन सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...