मुक्त कमैयाको पुनःस्थापना प्राथमिकतामा : मन्त्री दहित

Gopal dahit

काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताए ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले सोमबार आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए ।

मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीका बारेमा आफूले संसद्ममा नियमित आवाज उठाउँदै आएको अवगत गराउँदै आएको मन्त्री दहितले बताए । उनले भने ‘यस अभियानलाई उच्च प्राथमिकता दिएर मन्त्रालयका काम गरिरहेको छु ।’

कार्यक्रममा उच्चस्तरीय भूमिसुधार आयोगका पूर्व सदस्य गणेश विकले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरी मुक्तिपछि स्रोत, साधन तथा सहयोगको पर्याप्तता हुँदाहुँदै पनि उपयुक्त नीतिको कार्यान्वयन नहुँदा पीडादायी जीवन जिउन बाध्य भएको बताए ।

महासङ्घका संयोजक राजुराज भुलले सिंहदरबारमा पटकपटक ज्ञापनपत्र बुझाउँदा र शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले आफ्ना मागका सम्बन्धमा सुनुवाइ नगरेको गुनासो गर्दै दबाबस्वरुप राजधानीमा नागरिक सम्मेलन गर्नुपरेको बताए ।

मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कमैया, हलिया, हरुवाचरुवा र कमलरी मुक्त घोषित भए पनि पुनःस्थापनाका सम्बन्धमा अझै धेरै काम गर्न बाँकी रहेको जानकारी गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...