न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा  

Mansun

 

काठमाडौँ । भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

मनसुन अहिले पनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ तर भारी वर्षा हुने सम्भावना छैन । सामान्य खालको बदली र वर्षा अझै केही दिन जारी रहने महाशाखाको भनाइ छ ।

मौसम बदलीका कारण १÷२ स्थानमा मध्यम वर्षा भए पनि भारी वर्षा चाही हुने संभावना नरहेकाले आत्तिने अवस्था नरहेको मौसमविद् रिमालले बताए ।

अहिले देशभर बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी दाङमा ७२ र वीराटनगरमा ३ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ७ मिलिमिटर, पोखरामा २२, भैरहवामा २१ धनगढीमा १८ र ओखलढुंगामा १२ मिलिमिटर वर्षा भएको छ ।

बदली र वर्षाले काठमाडौँको अधिकतम तापक्रम पनि केही घटेकाले तातिएको मौसम पनि आजबाट केही चिसो महसुस भएको छ । काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ ।

प्रतिकृया दिनुहोस