प्रदेश नम्बर २ को चुनावमा एमालेबाहेक सबैसँग तालमेल हुन्छ : साउँद

Saud

काठमाडौ । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेबाहेक सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने गरी तयारीलाई तिब्र बनाएको स्पष्ट पारेका छन ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा साउदले भने,‘ पहिलो र दोस्रो चरणको निर्वाचन जस्तै तेस्रो चरणको निर्वाचनमा पनि कागं्रेसले तालमेल गर्छ तर नेकपा एमाले बाहेकका दलहरुसँग मात्रै ।’

साउदले २ नम्बर प्रदेशको निर्वाचनमा तालमेल गर्नेगरी राजपासँग नेता विमलेन्द्र निधीले कुराकानी गरिरहेको भन्दै अब प्रधानमन्त्रीले पनि छलफल थाल्ने बताए ।

मधेस मधेसको आधार भूमि रहेकोले त्यहाँ कसैले कांग्रेसलाई रोक्न नसक्ने दावी गर्दै उनले भने,‘ मधेस कांग्रेसको जग हो । त्यहाँ सधै झै फेरि कांग्रेस नै एक नम्बर पार्टी बन्छ ।

हामी अहिले सबै निर्वाचनको तयारीमा पूर्ण रुपमा जुटिसकेका छौ ।’साउदले प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै सम्पन्न भारत भ्रमण ऐतिहासिक भएको दावी गर्दै बीपी कोइराला पछि भारतसँग नेपालको राष्ट्रिय स्वार्थमा सिधा कुरा राख्न सक्ने नेता देउवा भएको दावी गरे ।

उनले भने,‘ यो भ्रमणले मुलुकको शिर सगरमाथा जस्तै उच्च भएको छ । गर्वले नेपाली जनताको छाती फुलेको छ । यो भ्रमणले नेपाली जनताको जित भएको छ ।

साउदले,‘ बाहिर हल्ला गरिएजस्तो राष्ट्रिय हित विपरित कुनै सम्झौता नभएकोले भ्रमणलाई अनावश्यक कुरा गरेर विवादित नबनाउँन आग्रह गर्दै विश्वका ठूला ठूला देशका नेताहरुले समेत यस्ता भ्रमणमा आफ्ना देशको बास्तविकता बताउने प्रचलन रहेकोले देउवाले संविधान संसोधनको विषयमा बोल्नु उचित रहेको दावी गरे ।

नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिन सक्षम रहेकोले अरु चुनाव जस्तै प्रदेश नम्बर २ को चुनावमा पनि कुनै दलसँग तालमेल गर्ने पक्षमा नभएको स्पष्ट पारे ।

उनले भने,‘ जो जो मिलेर आएपनि हुन्छ । जनता एमालेका पक्षमा छन । जस्तो सुकै गठबन्धन बनाएपनि मधेसका जनताले तिनीहरुलाई पराजित गर्दिन्छन ।’

उनले थपे,‘एमाले कोहीसँग पनि तालमेलको पक्षमा छैन । मधेसमा एमाले मात्रै एमाले मात्रै एक्लै लडन तयार छ ।’
पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले इतिहासमै सबैभन्दा मुलुकको बेईज्जत गरेको दावी गर्दै यसले राष्ट्रको शिर निहुँ¥याएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीले देशको आन्तरिक मामिलामा बोलेर भारतलाई फेरि पनि हस्तक्षेपको बाटो खुलाएको दावी गरे । यद्यपी उनले एमाले भारत विरोधी नभएको र भारतसँग समताको आधारमा घनिष्ट सम्बन्ध बनाउने पक्षमा रहेको स्पष्ट पारे ।

नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा माओवादीको प्राथमिकता नेपाली कांग्रेस एमाले नभई मधेसका परिवर्तनकारी शक्तिहरु भएको बताए ।

उनले मधेसमा माओवादी केन्द्र दोस्रो ठूलो दल बन्ने दावी गर्दै मधेसका परिवर्तनकारी शक्तिहरु संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल हुने बताए । यसको लागि ति दलहरुसँग छलफल सुरु भईसकेको उनले जानकारी दिए ।

पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई अतिरिञ्जित गर्न नहुने भन्दै भ्रमणको क्रममा राष्ट्रलाई अहित हुने कुनै सन्धी सम्झौता नभएको तर्क गरे । यद्यपि उनले संविधान संसोधन जस्तो मुलुकको आन्तरिक मामिलामा प्रधानमन्त्रीले भारतमा गएर बोल्नु भने उचित नभएको तर्क गरे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...