चक्रपथ सडक चौडा पार्ने काममा तीव्रता

Chakraptha

काठमाडौँ । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान २ घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ धर्का तान्ने, बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ ।

यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्ने जनाइएको छ ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शुरुमा महाराजगञ्जदेखि कलंकी क्षेत्रमा सडक चौडा पार्ने र त्यसपछि अन्य ठाउँमा काम गर्ने जानकारी दिए ।

खनालले भने ‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि यो कामले सहयोग पुग्नेछ’ । सडकलाई व्यवस्थित गर्ने कार्यमा विभाग, काठमाडौँ महानगरपालिका र महाशाखाका कर्मचारी खटेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...